Comments Add Comment

‘प्रदेश २ सरकारसँग दृढ इच्छाशक्ति र स्पष्ट दृष्टिकोण छैन’

१५ पुस, वीरगञ्ज । प्रदेश २ सरकारसँग दृढ इच्छाशक्ति र स्पष्ट दृष्टिकोण नभएको आरोप प्रदेश सभा सदस्यहरुले नै लगाएका छन् । जसले गर्दा प्रदेशमा जनचाहना अनुसार विकासका काम हुन नसकेको उनीहरुको ठहर छ ।

वीरगञ्जमा आयोजित ‘तन्नेरीसँग प्रदेश सभा सदस्य’ कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य प्रल्हाद गिरी र भीमा यादवले २० वर्षदेखि थाति रहेको जनताको चाहना केही दिनमा पूरा नहुने बताए ।

‘प्रदेश २ मा धेरै समस्या छ, तर जल, जंगल जमिन जस्ता प्राकृतिक स्रोत साधन र जनशक्ति छ । तैपनि शिक्षा, स्वास्थ्य, रोजगारी सृजना गर्न सकेन । सरकार सञ्चालन गर्ने अनुभवको कमी देखियो,’ प्रदेश सभा सदस्य गिरीले भने, ‘भाषणबाजीको काम गर्ने, एकैछिन ताली बजाइदिएपछि रमाउने, आधारभूत समस्या समाधानमा नजाने, सोच र इच्छाशक्तिको अभाव देखियो ।’

उनले स्थानीय सरकारमा गैरराजनीतिक अनुभव र उद्देश्य नभएका मानिस हल्लैहल्लामा जितेर आएको र तीन तहका सरकारबीच समन्वयको अभाव पनि देखिएकोे बताए । तीनै तहका सरकार र कर्मचारी छाडा देखिए पनि नियन्त्रण गर्ने संयन्त्र नभएको उनी बताउँछन् ।

प्रदेश सभा सदस्य भिमा यादवले लामो समय जनप्रतिनिधि नहुँदा मान्छे छाडा भइसकेको अवस्थामा उनीहरुलाई अंकुश लगाउन र नियन्त्रण गर्न नसकिएको बताइन् ।

प्रदेशको नाम र राजधानीको टुंगो कहिले लगाउनुहुन्छ ? भन्ने तन्नेरीको जिज्ञासामा यादवले भनिन्, ‘अरुले बागमती प्रदेश, कणर्ाली प्रदेश राखेका छन्, त्यसैगरी हामीले नारायणी प्रदेश राखेर भएन, सोचिराखेका छौं, पाँच वर्षमा त अवश्य नाम राखिसक्छौं,’ उनले हाँस्दै भनिन् ।

प्रदेश सभा सदस्य गिरीले नाम र राजधानीका लागि प्रयास गरेको भए पनि टुंगो नलागेको र अब बस्ने संसद बैठकहरुमा छलफल हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment