
१५ पुस, वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट ६ लाख मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको छ । लत्ता कपडा, प्याज, लसुन तथा समान ओसार्न प्रयोग गरिएको मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वाटर पर्साले जनाएको छ ।
वीरगञ्ज महानगरपालिका–१५ बसपार्क र वीरगञ्ज–१४ गण्डक चोकबाट भन्सार छली गरेर अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ता कपडा, प्याज, लसुन तथा मोटरसाइकल बरामद गरेको गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक दिपेन्द्र थापाले जानकारी दिए ।
बरामद गरिएको सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक जीवन मल्ल ठकुरीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4