+
+

मुकुन र मेनुकाको ‘गणपति’ घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १५ गते १२:४०

चलचित्र ‘गणपति’को घोषणा भएको छ । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै मानिस र भगवानविच फरक देखाउने कथामा बन्न लागेको चलचित्रको घोषणा गरिएको हो । यो चलचित्रको छायांकन माघको २ गतेबाट सुरु हुने निर्माणपक्षले बताएको छ ।

चलचित्रमा कथा, पटकथा, संवाद तथा निर्देशन सविन अधिकारीको रहनेछ । लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरी यो चलचित्रका निर्माता हुन् ।

अ विग म्यान फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा मुकुन भुषाल, मेनुका प्रधान, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय रहनेछ । तनहुँको बन्दीपुर गाउँपालिका थारुबासमा यो चलचित्रको छायांकन हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो । विक्रम स्वाँरको कोरियोग्राफी रहने चलचित्रमा अनिस अधिकारीको संगीत रहनेछ ।

निर्देशन अधिकारीले चलचित्रको नाम धार्मिक सुनिएपनि धर्मको प्रचार भने नगरिने स्पष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?