+
+
Shares

२ सय ३० करोडमा विक्यो सलमानको ‘राधे’

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १५ गते १३:०१

नायक सलमान खानको मुख्य भूमिका रहेको चलचित्र ‘राधे’ यो बर्षको इदमा रिलिज हुन सकेन । कोरोना महामारीका कारण भारतमा लकडाउन भएपछि चलचित्र रिलिज हुन नसकेको हो । यो चलचित्रमा प्रभुदेवाको निर्देशन छ । चलचित्रको हाल पोष्ट प्रोडक्शनको काम चलिरहेको छ ।

चलचित्रको ट्रेलर सार्वजनिक नभएको अवस्थामा पनि यो चलचित्रलाई जी स्टूडियोले महंगो रकममा खरिद गरेको छ ।

भारतीय मिडियाका अनुसार, यो चलचित्रलाई जीले २ सय ३० करोडमा किनेको हो । चलचित्रको भारत र ओभरजि राइट्ससँगै सेटलाइट्स राइट्स पनि यसमा समावेश छ । कोरोनाको महामारी चलिरहेको समयमा जीले सलमानको यो चलचित्रका लागि महंगो रकम तिरेको छ ।

सलमानको चलचित्रको डिजिटल र सेटलाइट्समा पनि निकै नै माग छ । यसैले पनि जीले महंगो रकम तिर्दा पनि लगानी उठ्नेमा विश्वास लिएको भारतीय मिडियाले उल्लेख गरेको छ ।
यो चलचित्रमा सलमानसँगै नायिका दिशा पटानीको पनि मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?