Comments Add Comment

लालनपालन : अनुशासित जीवनका लागि सात टिप्स

बालबालिका हुर्काउनु, पढाउनु, बढाउनु अभिभावकको दायित्व हो । यस अनुरुप बुवाआमाले आफ्ना सन्तानका खातिर सबै बन्दोबस्ती मिलाउने प्रयास गरेकै हुन्छन् । राम्रो खानपान, सुकिला लुगाफाटो, खेलौना, मनोरञ्जनका साधन, पढाईको व्यवस्था, स्वास्थ्य उपचार आदि कुरामा ध्यान दिइरहेका हुन्छन् ।

यद्यपि आफुले हुर्काउँदै गरेको बालबालिका कति व्यवहारिक छन् ? कति अनुशासित छन् ? यसबारे खासै हेक्का राख्दैनन् । वा बालबालिकालाई व्यवहारिक र जीवनोपयोगी कुरा सिकाउने, अनुशासित जीवनशैलीमा अभ्यस्त बनाउने कुरामा आमाबुवा त्यती ध्यान दिइरहेका हुँदैनन् । जबकि बालबालिकाका निम्ति महत्वपूर्ण पक्ष हुन् यी । त्यसैले बालबच्चा हुर्काउने क्रममा उनीहरुलाई भौतिक सेवा सुविधाले भरिपूर्ण बनाएर मात्र पुग्दैन, उनीहरुलाई अनुशासित जीवनयापनका कला पनि सिकाउनु जरुरी छ ।

बालबालिका लागि नियम

धेरै जोडीहरूले विवाह गरेपछि बालबालिकालाई कस्तो अनुशासन सिकाउने भन्ने बारेमा छलफल गर्दैनन् । आमाबुबामध्ये एक धेरै नै कडा र अर्को नरम हुन्छन् । बालबालिकालाई अनुशासन सिकाउन आमाबुबाले बालबालिकाको बारेमा कुरा गर्दा एकले अर्कालाई सहयोग गर्न एउटा सम्झौतामा आउनुपर्छ । आमाबुबाहरू जो बालबालिकाको अनुशासनको विषयमा एकै ठाउँमा उभिँदैनन् उनीहरूका बालबालिकाहरूमा समस्या देखिनसक्छ ।

बालबालिकाको दैनिक तालिकामाथि छलफल

आमाबाबुहरू आफ्नो बालबालिकाको सुत्ने, खाना, होमवर्क कफ्र्यु लगायतका कुरामा एक सम्झौता गर्छन् । उनीहरूले आफ्नो बालबालिकाको लागि के गर्ने भन्ने सोचेका छन् त्यो प्रस्ट रूपमा र शान्तसँग वर्णन गर्नुपर्छ । नियम नमान्दा आउने परिणामहरूमा आमाबुबाले बालबालिकालाई सम्झाउनु पर्छ । आफ्नो बालबालिकालाई कोसँग उनीहरूले केही कुरामा छुट पाउँछन् भनेर आमाबुबाको बीचमा तुलना गर्ने मौका दिन हुँदैन ।

मीठो भाषाको प्रयोग

केही काम अह्राउनु पर्दा बालबालिकाले नमानेमा तीनसम्म गनेर त्यति समयभित्र गर्न भन्नु पनि एउटा राम्रो तरिका हो । बालबालिकाले तीनसम्म गन्ने कुरालाई परीक्षण गर्छन् त्यस्तो बेलामा तपाईले समयसीमा कटेमा पनि अडिग भएर थप काम दिनुभयो भने उनीहरूले मान्न थाल्छन् । यसले समस्या आउन दिँदैन र बालबालिकाले आमाबुबाले भनेको काम गर्नुपर्छ भन्ने कुरा बुझ्छन् ।

राम्रो काममा प्रेरणा

उदाहरणको लागि जब तपाईंको बालबालिकाले उसको खेलौनाहरू सफा गर्छ वा कुनै कामहरू तपाईंले नसम्झाईकन गर्छ । त्यस्तो बेलामा उनीहरूलाई स्यबासी दिन सक्नुहुन्छ । यसले उनीहरूमा आफ्नो काम आफंैले गर्न हौसला दिन्छ ।

कहिलेकाहीँ नियममा अपवाद हुन्छ

उनीहरू सुत्ने समय १० बजे हुन सक्छ तर जब तपाईको बालबालिकाको बेस्टफ्रेन्डको जन्मदिनको पार्टी छ भने तपाईले उसको समयसीमा बढाइदिन सक्नुहुन्छ । तर, बालबालिकालाई आज एक दिनको लागि मात्रै छुट दिएको हो भनेर भन्नुपर्छ र यो सधैंको लागि होइन भन्नुपर्छ ।

बालबालिकाले गल्ती गरेमा त्यसको परिणामस्वरूप केही काम गर्न लगाउने

बालबालिकाले केही नराम्रो व्यवहारको सजायस्वरूप तपाईले घरमा सघाउने खालका काम दिन सक्नुहुन्छ । बालबालिकाहरूले कुनै नियम तोडे भने सजायको आशा गरेका हुन्छन् । जब कि किशोरकिशोरीले आफ्नो गल्ती स्वीकार गर्न खोज्दैनन् । उनीहरूलाई निराश नबनाउनुहोस् । केही काम बिगारेबापत घरको केही सहयोगी काम लगाइदिँदा उनीहरू खुसी हुन्छन् ।

आफूले लागू गर्न नसक्ने कुनै पनि कुराको चेतावनी नदिने

जब आमाबुबाले रिसको झोँकमा आफ्ना बालबालिकालाई विभिन्न चेतावनीहरू दिन्छन् त्यसले झनै समस्या निम्त्याउँछ । अझै लागू नै गर्न नसकिने खालको अव्यावहारिक चेतावनी दिएमा उनीहरू झन् अटेरी हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment