+
+
Shares

प्रचण्डले राति सुत्दा पनि प्रधानमन्त्री मात्र देख्छन् : भट्ट

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १५ गते १६:१२

१५ पुस, काठमाडौं । नेकपा ओली समूहका नेता लेखराज भट्टले पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री अहिल्यै चाहियो भनेर केटाकेटीपन देखाएको टिप्पणी गरेका छन् ।

ओली समूहले बुधबार आयोजना गरेको सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै भट्टले केटाकेटीले जिद्धी गरे जसरी प्रधानमन्त्री चाहियो भनेर माइतीघर मण्डलामा लडिबुडी गरेको बताए । उनले अघि भने, ‘राति सुत्दा पनि प्रधानमन्त्री नै देख्छन् ।’

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आम चुनावपछि प्रधानमन्त्री र महाधिवेशनपछि अध्यक्ष पद छाड्छु भन्दा पनि प्रचण्ड र माधवकुमार नेपाललगायतले धैर्य गर्न नसकेको बताए । नेताहरुमा बिचलन आएको उनले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?