+
+
Shares

नेकपाको बैंक खाता रोक्का गर्न प्रचण्ड–माधव समूहको पत्राचार

रोयल आचार्य रोयल आचार्य
२०७७ पुष १५ गते १७:५३

१५ पुस, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैंक खाता रोक्का गर्न आग्रह गर्दै पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले बैंकहरुमा पत्राचार गरेका छन् ।

पार्टीभित्र विवाद रहेको र सम्पत्तिमा कसको हक लाग्ने भन्ने यकिन नभएको भन्दै उनीहरुले नेकपाको खाता रहेका बैंकहरुमा इमेलमार्फत पत्र पठाएका छन् ।

पुस १२ गतेको मिति उल्लेख भएको पत्र बुधबार बैंकहरुमा पुगेको छ ।  ‘१२ गते नै लेखिएको प्रचण्ड र माधव नेपालले हस्ताक्षर गर्नुभएको पत्र आज हात परेको छ’ एक बैंकको सीईओले भने, ‘यो विषय हामीले नै निर्णय गर्न नसकिने भएकाले राष्ट्र बैंकमा जानकारी गराएका छौं ।’

नेकपाका नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बैंकहरुलाई पत्राचार गरेको पुष्टि गरे । उनका अनुसार पार्टीको नाममा भएका सम्पत्ति कसको भन्ने टुंगो नलागुञ्जेलसम्म रोक्का राख्ने निर्णय अघिल्लो साता बसेको केन्द्रीय कमिटी बैठकले गरेको थियो । केन्द्रीय कमिटीको निर्णयपछि कार्यालयले पत्राचार गरेको हुनसक्ने उनले बताए ।

लेखक
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?