+
+
Shares

प्रचण्ड-माधव पक्षको पत्राचारपछि नेकपाको सबै बैंक खाता रोक्का हुने

रोयल आचार्य रोयल आचार्य
२०७७ पुष १५ गते १८:२३

१५ पुस, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैंक खाता रोक्का हुने भएको छ । आन्तरिक विवादपछि विभाजनको औपचारिक घोषणामात्रै हुन बाँकी रहेको नेकपाको विवाद समाधान नहुञ्जेलसम्म जुनजुन बैंकमा खाता रहेका छन्, ति सबै बैंक खाता रोक्का हुने भएको हो ।

निर्वाचन आयोगको निर्णय नआउञ्जेलसम्म दुबै पक्षले खाता सञ्चालन गर्न नपाउने गरी रोक्का हुने राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए । पार्टीभित्र बिवाद रहेको र सम्पत्तिमा कसको हक लाग्ने भन्ने यकिन नभएको भन्दै तत्काल खाताहरु रोक्का गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले हस्ताक्षर गरेर बैंकहरुलाई पत्राचार गरेका थिए ।

विवाद भएको लिखित पत्र नै आएपछि विवाद समाधान नहुञ्जेलसम्म रोक्का गर्ने प्रचलन रहेका कारण अबदेखि उक्त खाता रोक्का हुने ति अधिकारीले बताए । ‘हामीलाई कार्यालय सकिने बेलामा मात्रै जानकारी आयो, सबै बैंकहरुमा लिखित पत्र आएको रहेछ’ ति अधिकारीले भने, ‘विवाद भएपछि खाता सञ्चालन हुन सक्दैन, अब निर्वाचन आयोग वा अदालतको निर्णय कुर्नैपर्ने हुन्छ ।’

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले पनि खाता रोक्का हुने बताए । कुनैपनि कम्पनी वा संस्थामा बिवाद भएको र खाता रोक्का गर्न आग्रह भए रोक्का गर्नै प्रचलन रहेको भन्दै नेकपाको हकमा पनि त्यहिँ हुने उनले बताए ।

‘राजनीतिक दलको पहिलो भए पनि यस्तो बिवाद बैंकहरुमा पहिले पनि आइराख्ने गरेका छन् यो नयाँ कुरा होइन’ अध्यक्ष दाहालले भने, ‘अदालतमा मुद्दा भए हामी अदालतको निर्णय कुर्नु पर्ने हुन्छ तर यहाँ निर्वाचन आयोगको निर्णय कुर्नु पर्ने होला ।’

उनले यस विषयमा राष्ट्र बैंकलाई जानकारी भने गराइने उनले बताए । तर, राष्ट्र बैंकले पनि खाता रोक्का गर्नु पर्छ भन्ने नै निर्णय दिने उनको भनाइ छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?