Comments Add Comment

प्रचण्ड-माधव समूहले संसदीय दलको नेताबाट राईलाई हटायो, आचार्य चयन

१६ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई नेकपा संसदीय दलको नेताबाट हटाएको छ । आइतबार अविश्वासको प्रस्ताव दर्ता गराएको प्रचण्ड-माधव समूहले राईलाई दलको नेताबाट पनि हटाएको हो ।

अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री राई संसदीय दलभित्र अल्पमतमा छन् । अल्पमतमा परेका राईलाई हटाएर दलको नेतामा भीमप्रसाद आचार्यलाई चयन गरेको हो ।

संसदीय दलको बैठकबाट दलको नेताबाट राईलाई हटाएर आचार्यलाई चयन गरेको पत्र प्रदेशसभा सचिवालयमा बिहीबार बिहान दर्ता भएको छ ।

मुख्यमन्त्री राईलाई हटाएर भीमप्रसाद आचार्यलाई दलको नेता चयन गरेको पत्र सचिवालयमा दर्ता भएको प्रदेशभसभा सचिव गोपालप्रसाद पाराजुलीले जानकारी दिए । उनका अनुसार सचिवायलमा दलका उपनेता टङ्क आङ्बुहाङले पत्र दर्ता गराएका हुन् ।

मुख्यमन्त्रीलाई दलको नेताबाट हटाइएको पत्रमा ३६ जनाको हस्ताक्षर छ । आइतबार प्रदेशसभाका ३७ सांसदले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । तर मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावदर्ता गरेकी सांसदल कला घले कित्ता परिवर्तन गर्दै ओली समूहमा लागेकी छन् । प्रदेश १ मा ९३ जना सांसद छन् । जसमा नेकपाको मात्रै ६७ जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment