Comments Add Comment

पोखरामा कोरोना संक्रमित महिलाको मृत्यु

१६ पुस, काठमाडौं । कास्कीको पोखरास्थित फिस्टेल अस्पतालमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका-२ की ५८ वर्षीया महिलाको उपचारको क्रममा बिहीबार बिहान ७:३५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माका अनुसार उनीमा बुधबार मात्र कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment