Comments Add Comment

अम्बानीलाई पछि पार्दै चीनका जोङ सानसन बने एसियाकै धनी व्यक्ति

१६ पुस, काठमाडौं । भारतीय अर्बपति मुकेश अम्बानीलाई पछि पार्दै चिनियााँ उद्यमी जोङ सानसन एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । ब्लूमवर्ग बिलिनियर्स इन्डेक्सका अनुसार सन् २०२० मा सानसनको सम्पत्ति सात अर्ब डलरले बढेको छ । सानसनले आफ्नै मुलुकका अर्बपति ज्याक मालाई पनि पछि पारेका छन् ।

सानसनको सम्पत्ति ७७ अर्ब ८० करोड डलर पुगेको छ । उनी विश्वका सबैभन्दा धेरै सम्पत्ति भएका अर्बपतिको सूचीमा ११ औं स्थानमा आइपुगेका हुन् । सानसनको खोप कम्पनी तथा बोतलको पानी बेच्ने कम्पनीको कारण उनको सम्पत्तिमा उल्लेख्य वृद्धि भएको हो । गत अप्रिल महिनामा सानसनको बेइजिङ वान्ताई बायोलोजिकल कम्पनी चिनियाँ शेयर बजारमा सूचीकृत भएको थियो । त्यसको तीन महिनापछि उनको बोलतको पानीमा बेच्ने कम्पनी पनि हङकङको शेयर बजारमा सूचीकृत भएको हो । यो कम्पनीको बजार मूल्य शेयर बजारमा आएपछि १५५ प्रतिशत बढिसकेको छ ।

बेइजिङ वान्ताई बायोलोजिकल्सको शेयरको भाउ पनि २० गुणा बढिसकेको छ । यो कम्पनी कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप निर्मातामध्येको एक हो । ब्लूमवर्गका अनुसार यस वर्ष अधिकांश धनीहरुको सम्पत्ति बढेको छ । भारतीय अर्बपछि मुकेश अम्बानीको सम्पत्ति १८ अर्ब ३० करोड डलरबाट बढेर ७६ अर्ब ९० करोड पुगेको छ । यद्यपि चिनियाँ अर्बपति ज्याक माको सम्पत्ति भने ६१ अर्ब ७० करोड डलरबाट झरेर ५१ अर्ब २० करोड डलरमा आइपुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment