Comments Add Comment

सानिमा बैंकले ओम्नी च्यानलबाट डिजिटल बैंकिङ्गको सुरुवात गर्दै

सानिमा बैंक ओम्नी च्यानलबाट डिजिटल बैंकिङ्ग सेवा सुरुवात गर्ने पहिलो बैंक भएको छ । बैंकले ग्राहकहरुमा समान रुपले डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले पुस १६ गतेदेखि आप्mनो मोबाइल बैंकिङ्ग एप् (सानिमा सजिलो ई–बैंकिङ्ग) अपग्रेड गरेको हो ।

सानिमा बैंकको सम्पूर्ण डिजिटल बंैकिङ्ग सेवाहरु मोबाइल बैंकिङ्ग एप् वा वेब ब्राउजरमा चल्ने हुँदा मोबाइल फोन, टेबल र ल्यापटप कम्प्यूटरबाट पनि चलाउन सकिन्छ ।

नयाँ भर्सनको साथमा सानिमा बैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले ई–क्यास पठाउने र अन्य व्यक्तिहरुले पाउन सक्ने, ई–भौचरबाट जम्मा गर्ने, बैंकसंग मिटिङ्ग तय गर्ने, बचत खाता तथा ऋणको आवेदन दिने, डिजिटल बंैकिङ्ग सेवाहरु सम्बन्धी सोधपुछ आदि, सेवाहरुको लाभ उठाउन सक्नेछन् ।

साथै, खाताको विवरण हेर्ने, रकम स्थानान्तरण गर्ने, क्युआर कोडबाट भुक्तानी गर्ने, मुद्दती खाता खोल्ने र अनलाइन भुक्तानी गर्ने जस्ता हालका सेवाहरु पनि प्रयोगकर्ताहरुले प्रयोग गर्न सक्नेछन् । त्यसै गरी बैंक खाता नभएका प्रयोगकर्ताहरुले ई–क्यासबाट पठाएको रकम झिक्न र डिजिटल बैंकिङ्ग सेवाहरु सम्बन्धी सोधपुछको सुबिधा पाउन सक्नेछन् ।

हालका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुको मोबाइल एप् स्वतः अद्यावधिक हुनेछ । स्वतः अद्यावधिक नभएको खण्डमा डाउनलोड गरी अद्यावधिक गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment