Comments Add Comment

बहुदरमाई नगरपालकिाले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने

१६ पुस, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकाले नगरवासीलाई आवश्यक पर्दा निःशुल्क रगत उपलब्ध गराउने भएको छ । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखासँग बहुदरमाई नगरपालिकाले त्यसबारेमा सम्झौता गरेको छ ।

निःशुल्क रगत उपलब्ध गराउनका लागि नगरप्रमुख नितेन्द्र साहले रेडक्रस पर्सालाई १ लाख रुपैयाँ हस्तान्तरण पनि गरेका छन् । नगरवासी कोही बिरामी परेर रगत नै चाहिएको अवस्थामा निशुल्क उपलब्ध गराउने उद्देश्यले रेडक्रसलाई रकम प्रदान गरिएको नगर प्रमुख साहले जानकारी दिए ।

‘बहुदरमाईका बासिन्दाले अबका दिनमा रगत चाहिएमा शुल्क तिर्नुपर्दैन । पहिचान पत्र लिएर ब्लड बैंक पुगे हुन्छ,’ उनले भने, ‘आकस्मिक समस्या पर्दा थोरै भएपनि राहत होस भनेर निःशुल्क रगतको बन्दोबस्ती मिलाएको हुँ ।’

बहुदरमाई नगरपालिकाका नागरिकता, बच्चाको जन्मदर्ताको फोटोकपी उपलब्ध गराएपछि निःशुल्क रगत उपलब्ध गराउने नेपाल रेडक्रस सोसाईटी पर्सा शाखा सभापति विरेन्द्रराज कँडेलले जानकारी दिए । वीरगञ्जस्थित रक्तसञ्चार केन्द्रमा एक पोका रगतको ८ सय ५० रुपैयाँ लिने गरिएको छ ।

यसअघि वीरगञ्ज महानगरपालिकाले सुत्केरी महिलालाई निःशुल्क रगत उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment