+
+

राष्ट्रियसभाका ४४ जना सांसदले दिए स्वाब

आर्यन धिमाल आर्यन धिमाल
२०७७ पुष १६ गते २०:०३

१५ पुस, काठमाडौं । राष्ट्रियसभा सदस्यहरुको कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि स्वाब संकलन भएको छ । राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते अपरान्ह ४ बजे सुरु हुँदैछ ।

बैठक बस्ने अघिल्लो दिन बिहीबार सांसद र संसद सचिवालयका कर्मचारीहरुको निःशुल्क कोभिड–१९ परीक्षण गरिएको हो । ‘४४ जना माननीयसहित एक सय जनाको स्वाब संकलन भएको छ’ राष्ट्रिय सभा सचिव राजेन्द्र फुयाँलले भने ।

बिहीबार स्वाब संकलनमा छुटेका सां‌सद र कर्मचारीले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गएर स्वाब दिई बैठकमा आउँदा रिपोर्ट लिएर आउन अनुरोध गरिएको फुँयालले जानकारी दिए ।

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?