Comments Add Comment

फ्रान्सको नागरिकता लिँदै बेलायती प्रधानमन्त्रीका पिता

१७ पुस, काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनका पिता स्टेनली जोन्सनले फ्रान्सको नागरिकताको लागि आवेदन दिने बताएका छन् । बेलायत ईयूबाट पूर्णरुपमा बाहिरिएसँगै उनले यस्तो बताएका हुन् ।

फ्रान्सेली रेडियोसँगको कुराकानीमा उनले आफ्नी आमा फ्रान्समा जन्मिएको कारण आफूलाई फ्रान्सेली नागरिकको रुपमा हेर्ने गरेको स्टेनलीले बताएका छन् ।

८० वर्षीय स्टेनली युरोपेली संसद्को कन्जरर्भेटिभ सदस्य भइसकेका छन् र सन् २०१६ मा भएको ब्रेक्जिटको मतदानमा उनले बेलायत ईयूमा नै रहनुपर्ने पक्षमा मतदान गरेका थिए । जबकि प्रधानमन्त्री बोरिस जोन्सनले भने ब्रेक्जिट अभियानको नेतृत्व गरेका थिए । साथै उनले आफ्नो नेतृत्वमा बेलायतलाई ईयूबाट अलग पनि गराए ।

स्टेनलीले आफूसँग यसअघि नै फ्रान्सको नागरिकता रहेको र उक्त नागरिकता नवीकरण गराउनुपर्ने बताए । उनले आफ्नी आमाको कारण आफू सधैं युरोपेली नागरिक रहने बताए । ब्रेक्जिटको मुद्दामा पनि जोन्सन परिवारमा सहमति जुट्न सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment