Comments Add Comment

राष्ट्रियसभाका १ सांसद र ५ कर्मचारीमा कोरोना संक्रमण

१७ पुस, काठमाडौं । बिहीबार स्वाब परीक्षण गराएका राष्ट्रियसभाका एक सांसदमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संसद सचिवालय स्रोतका अनुसार बिहीबार स्वाब परीक्षण गराएका ४४ सांसदमध्ये १ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै बिहीबार नै स्वाब परीक्षण गराएका ५६ जना कर्मचारीमध्ये ५ जनामा पनि संक्रमण पुष्टि भएको सचिवालय स्रोतले जनाएको छ ।

राष्ट्रियसभाको हिउँदे अधिवेशन शुक्रबार सुरु हुँदैछ । कोरोना संक्रमित सांसद अधिवेशनमा सहभागी हुन पाउने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment