Comments Add Comment

२२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

१७ पुस, काठमाडौँ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २२ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले फेला परेका मोटरसाइकल सम्बन्धित धनीलाई शुक्रबार हस्तान्तरण गरेका हुन् ।

सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले उपत्यकाका विभिन्न स्थानबाट हराएका मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको उनले बताए ।

महाशाखाका अनुसार पुस महिनामा मात्रै ३९ वटा मोटरसाइकल अनुसन्धानको लागि ल्याएको छ भने चोरीमा संलग्न रहेका ९ जनालाई पक्राउ गरी मुद्दा दायर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment