+
+

कारको ठक्करबाट पाटेबाघको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १८ गते १०:२४

१८ पुस, काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगल क्षेत्रमा निजी कारको ठक्करबाट एउटा पाटे बाघको मृत्यु भएको छ ।

हेटौंडाबाट सर्लाही जाँदै गरेको बा १६ च ८११ नम्बरको कारले बाटो क्रस गर्दै गरेको वयस्क बाघलाई आज बिहान ७ः२० मा ठक्कर दिएको थियो । कारको ठक्करबाट १० वर्षको पूर्ण वयस्क पाटे बाघको राजमार्गमै मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

कार चालक सर्लाहीका ५० वर्षीय अजय मिश्र र बाघलाई प्रहरीले राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको छ । सहायक संरक्षण अधिकृत रमेश कुमार यादवका अनुसार मिश्रलाई हिरासतमा लिएर आवश्यक कारबाही अगाडि बढाइएको छ ।

पाटेबाघ नेपालको संरक्षित वन्यजन्तुमध्ये एक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?