Comments Add Comment

संसद विघटन साहसिक कदम : बादल

१८ पुस, काठमाडौं । नेकपा ओली समूहका नेता रामबहादुर थापा बादलले संसद विघटन साहसिक कदम भएको बताएका छन् । आफ्नै पार्टीका नेताहरुले अविश्वासको प्रस्ताव ल्याएर राजनीतिक कू गर्न खोजेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने राजनीतिक कदम चालेको उनले बताए ।

ओली समूहको काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै गृहमन्त्री समेत रहेका बादलले भने, ‘बाहृय रुपमा प्रतिगमनतिर फर्किए जस्तो देखिएको छ, तर हामी नयाँ उचाईमा पुगेका छौं । सर्बत्र यसको समर्थन भइरहेको छ ।’

आफूहरुको एजेण्डा, विचार, सिद्धान्त र नेतृत्व सही भएको भन्दै ओली समूहका नेता बादलले चुनावमा गएर प्रतिगमनकारीहरुलाई भण्डाफोर गर्नुपर्ने उनले बताए ।

अवसरवादी शक्तिहरुले प्रतिगमनलाई पुनस्र्थापित गर्न नेकपालाई फुटाउने प्रयास भएको उनले बताए । विचार, सिद्धान्तका कारण पदीय महत्वकांक्षाका कारण एउटा गुट अलग भएको भन्दै बादलले भने, ‘यो विभाजनबाट प्रतिगामी अवसरवादी शक्तिहरु उत्साहित भएका छन् । उनीहरुको उत्साह सडकमा देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment