Comments Add Comment

१०१ लेखक- साहित्यकारद्वारा प्रतिनिधि सभा विघटनको विरोध

१९ पुस, बुटवल । रूपन्देहीका लेखक तथा साहित्यकारहरूले प्रतिनिधि सभा विघटन संविधानमाथिको कुठाराघात भन्दै खेद प्रकट गरेका छन् । जिल्लाका एक सय एकजना लेखक-साहित्यकारहरुले संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन संविधानको मर्म, व्यवस्था र जनआकांक्षा विपरीत रहेको ठहर गरेका हुन् ।

समाधानका अनेक बन्दोबस्त हुँदाहुँदै बहुमतको सरकारले प्रतिनिधि सभा विघटन गर्नु जनताको संघर्ष, बलिदान र उपलब्धीमाथिको कुठाराघात भन्दै उनीहरुले गम्भीर खेद प्रकट गरेका छन् ।

राजनीतिक समस्याको संवैधानिक निरूपण गरिनुपर्नेमा दलभित्रको विवादलाई लिएर प्रतिनिधि सभा नै विघटन गर्नु अनुचित कदम भएको लेखक तथा साहित्यकारहरुको ठहर छ । ‘राजनीतिक उतारचढावका कारण सिर्जित समस्याहरूलाई संविधानको दायरामा रहेर नै समाधान गर्न सकिन्छ । त्यसरी मात्र लोकतन्त्र र गणतन्त्रको रक्षा हुन सक्दछ । जनताको अथक संघर्षले हासिल भएका उपलब्धिहरू संस्थागत हुन सक्दछन् । हामी राजनीतिक दलका नेताहरूलाई वचन तथा कर्ममा संयम अपनाइ गम्भीर र सचेत रहन अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

संयुक्त अपिल जारी गर्नेहरुमा प्राज्ञ बुँद राना, विजय सागर, प्राध्यापक ऋषिराम भुसाल, दिल साहनी, ऋषि आजाद, रामचन्द्र श्रेष्ठ, गिरी श्रीस मगर, दीपक विश्वकर्मा, कृष्ण गाउँले लगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment