+
+

कर्णालीमा ओली समूहका दुई मन्त्री प्रचण्ड–नेपाल समूहमा लागे

यज्ञ खत्री यज्ञ खत्री
२०७७ पुष १९ गते १५:४२

१९ पुस, सुर्खेत । कर्णाली प्रदेशमा नेकपा ओली समूहका दुई मन्त्री र एक सांसद प्रचण्ड–नेपाल समूहमा गएका छन् ।

सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र सांसद पदमबहादुर रोकाय प्रचण्ड–नेपाल समूहमा आएको संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले जानकारी दिइन् ।

दुबैजना ओली समूहको कोटाबाट मन्त्री बनेका थिए । सांसद रोकाय पनि ओली समूहकै कोटाबाट प्रदेश विधायन समितिका पूर्वअध्यक्ष हुन् ।

तीन जना यता आएसँगै नेकपाका ३३ प्रदेशसभा सदस्यमध्ये प्रचण्ड–नेपाल समूहमा २२ जना पुगेका छन् । सभामुख राजबहादुर शाहीसहित ११ प्रदेशसभा सदस्य ओली पक्षमा खुलेका छन् ।

यो समिकरणले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार सुरक्षित भएको छ । प्रचण्ड–नेपाल समुहका दुईजना सांसद धर्मराज रेग्मी र डम्मर विष्ट ओली समूहमा लागेपछि उनी दबावमा थिए ।

 

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?