+

लेस्टर सिटी तेस्रो स्थानमा उक्लियो

२०७७ पुष  २० गते ७:२१ २०७७ पुष २० गते ७:२१
लेस्टर सिटी तेस्रो स्थानमा उक्लियो

काठमाडौं । लेस्टर सिटी प्रिमियर लिगको तेस्रो स्थानमा उक्लेको छ । आइतबार भएको खेलमा न्यूकासल युनाइटेडलाई उसैको मैदानमा २-१ ले पराजित गर्दै लेस्टर तेस्रो स्थानमा उक्लेको हो ।

सेन्ट जेम्स पार्कमा भएको खेलको पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा तीन गोल भयो ।

५५औं मिनेटमा जेम्स म्याडिसनले जेमी भार्डीको पासमा गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । ७२औं मिनेटमा युरी थिलेमान्सले मार्क अलब्रिगटनको पासमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

८२औ मिनेटमा एन्डी क्यारोलले न्यूकासलका लागि एक गोल फर्काए पनि हार टार्न पर्याप्त भएन् ।

जितपछि १७ खेलबाट ३२ अंक जोड्दै लेस्टर तेस्रो स्थानमा उक्लेको छ ।

 

लेस्टर सिटी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय