+
+

सरकारको ‘थिंक ट्यांक’मा अनुसन्धानकर्ता र विश्लेषकलाई खुल्यो जागीर

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २० गते १२:४७

२० पुस, काठमाडौं । नीति अनुसन्धान प्रतिष्ठानले अनुसन्धानकर्ता र विश्लेषक पदको विज्ञापन खुलाएको छ । उसले सोमबार तीन वरिष्ठ अनुसन्धानकर्ता, चार सह–अनुसन्धानकर्ता र चार जना विश्लेषक पदका लागि आवेदन आह्वान गरेको हो ।

प्रतिष्ठानले ११ माघभित्रमा आवेदन दिनुपर्ने जनाएको छ । सबै पदको न्यूनतम योग्यता स्नातकोत्तर तह निर्धारण गरिएको छ ।

गत कात्तिकमा प्रतिठानले अनुसन्धानकर्ता र सहअनुसन्धानकर्ताको विज्ञापन खुलाउँदा पर्याप्त आवेदन परेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?