+
+
Shares

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २० गते १३:१९
फाइल तस्वीर

२० पुस, काठमाडौं । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्याक्टरमा सवार बझाङको चिरबित्थड गाउँपालिका-४ का ४० वर्षीय जितबहादुर बोहरा रहेका छन् ।

सिगास गाउँपालिका-९ बजपानीस्थित सडकमा अन टेष्ट लेखिएको ट्याक्टर सडकबाट करिब १ सय ५० मिटर तल खसेर सोमबार बिहान दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका ट्याक्टर चालक चिरबित्थड गाउँपालिका-५ बस्ने ३२ वर्षीय नरेन्द्र महरा लगायत २ जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?