
२० पुस, काठमाडौं । भ्रष्टाचारको विरोधमा काम गर्दै आएको संस्था ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालले सरकारको भ्रष्टाचार विरुद्धको शून्य सहनशीलता नारामै सीमित रहेको ठहर गरेको छ ।
टीआई नेपालको सोमबार काठमाडौंमा सम्पन्न २५ औं साधारणसभाद्वारा पारित वार्षिक प्रतिवेदनमा भनिएको छ, ‘नागरिकले भ्रष्टाचार बढ्दो रहेको अनुभव गरेकाले सरकारको भ्रष्टाचार विरुद्धको शून्य सहनशीलनता नारामा मात्र सीमित भएको छ ।’
संस्थाको प्रतिवेदनमा संघीय संरचनामा लोकतान्त्रिक व्यवस्था सुदृढ हुने र आम नागरिकको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पर्ने अपेक्षा व्यवहारमा कार्यान्वयन हनु नसकेको उल्लेख छ ।
भ्रष्टाचार नरोकिएकाले टीआई नेपालले आफ्नो सक्रियता र प्रभावकारिता अझ बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4