Comments Add Comment

४४०१ परीक्षणमा ४०३ जनामा कोरोना संक्रमण पुष्टि

२० पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा ४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४४०१ जनामा गरिएको परीक्षणमा २४४ पुरुष र १५९ जना महिला गरी ४०३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६२ हजार २६२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ५९४ पुगेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५५ हजार ६८ जना पुगेको छ । कोरोना भाइरस संक्रमणबाट हालसम्म १८८५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५२८९ रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा १४०, ललितपुरमा २१ र भक्तपुरमा २४ संक्रमित भेटिएका छन् । कास्कीमा ३५, कैलालीमा ३०, रुपन्देहीमा २५, बाँकेमा १४, कपिलवस्तु र दोलखामा १०÷१० जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment