+
+
Shares

उद्योग वाणिज्य महासंघ प्रदेश १ को अध्यक्षमा ढकाल

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २० गते १९:५६

२० पुस, विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को अध्यक्षमा टीका ढकाल निर्विरोध निर्वाचित भएका छन् । सोमबार झापाको विर्तामोडमा भएको तेस्रो साधारणसभाबाट ढकाल निर्विरोध निर्वाचित भएका हुन् ।

अध्यक्षमा उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले दाबेदारी प्रस्तुत गर्दै आएका थिए । तर अन्तिम समयमा घिमिरेपछि हटेपछि नयाँ समिति निर्विरोध निर्वाचित भएको हो ।

कार्यकारिणी समितिको उपाध्यक्षमा भिमबहादुर पौडेल र राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । पौडेल जिल्ला नगर र राउत एसोसिएटतर्फबाट उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । कोषाध्यक्षमा रमेशकुमार राठी निर्विरोध निर्वाचित भएका छन् ।

जिल्ला नगर सदस्यतर्फ युवराज शाक्य, कुमार भट्टराई, भुपालराज कटवला, वीरेन्द्रकुमार साह र प्रितम खड्गी चयन भएका छन् । एसोसिएट सदस्यतर्फ सुवास आचार्य र राजन श्रेष्ठ, वस्तुगततर्फ रवीनकुमार दाहाल र श्रवणकुमार अग्रवाल निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?