२० पुस, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर पारस खड्का कोरोना संङ्क्रमणबाट मुक्त भएका छन् । २५ दिनपछि आफ्नो कोरोना रिपोर्ट नेगेटिभ आएको पारसले सोमबार सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
पारसलाई मंसिर २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । तीन साता भन्दा बढी समयपछि उनको रिपोर्ट नेगेटिभ आएको हो । जसले गर्दा उनले चितवनमा मंसिर २७ देखि ३० गतेसम्म भएको गौतम बुद्ध कप क्रिकेट गुमाएका थिए ।
‘२५ दिनपछि, धेरै सेकेण्ड बितेपछि र धेरै पटक पीसीआर टेष्ट गरेपछि अन्तत: कोभिड नेगेटिभ’ पारसले फेसबुकमा लेखेका छन्, ‘प्रार्थना गर्ने सबैलाई धन्यवाद । विशेषगरी परिवार, साथीहरु, डक्टर र मेरो हेरचाह गर्ने मेरो सुपस्टार श्रीमतीलाई ।’
यसअघि राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी लेगस्पीनर सन्दीप लामिछाने रोहित पौडेल बसन्त रेग्मीलाई पनि कोरोना संक्रमित भई ठीक भइसकेका छन् ।
                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
    
    
    
    
    
                            
                            
                            
                            
                            
                            
प्रतिक्रिया 4