Comments Add Comment

‘वैदेशिक लगानी भित्र्याउने निर्णय कृषकको हितमा छैन’

२१ पुस, काठमाडौं । कृषि उद्योगी र व्यवसायीहरुले कृषि क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने सरकारको निर्णय कृषक र व्यवसायीको हित विपरीत भएको बताएका छन् ।

डेरी उद्योग संघ, नेपाल डेरी एसोसिएसन, केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपा र केन्द्रीय पशुपन्छी पालन सहकारी संघ लिमिटेडले मंगलबार संयुक्तरुपमा पत्रकार सम्मेलन गरी  उनीहरुले कुनै नि सर्तमा वैदेशिक लगानी भित्र्याउन नहुने भन्दै निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेका हुन् ।

देशमा निजी क्षेत्रले अरवौंको लगानी गरेको अवस्थामा कुनै पनि सल्लाह नगरी अपारदर्शीरुपमा गरिएको यो निर्णयले राष्ट्रको अर्थतन्त्रमा दीर्घकालीन गम्भीर असर पर्ने व्यवसायीहरुको भनाइ छ ।

वैदेशिक लगानी भित्र्याउने गरी भएको निर्णयले ग्रामीण रोजगारीमा असर पर्ने र यस पेसामा आवद्ध व्यवसायीलाई मजदुर बनाउने र त्यसको लाभ विदेशी लगानीकर्ताको हातमा जाने उनीहरुको तर्क छ ।

साथै यसप्रकारका निर्णयले स्वदेशी व्यवसायीहरुको उद्मशीलता विकासमा बाधा हुने, किसानको हातमुख जोर्ने मुख्य आयआर्जनको बाटोसमेत बन्द भई देश गरिबीतर्फ धकेलिने कृषि व्यवसायीहरुको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment