+
+

नेपाल प्रहरीका ६९ डीएसपीको सरुवा, कटवाललाई सोलुखुम्बुको जिम्मा

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २१ गते २०:२९

२१ पुस, काठमाडौं । नेपाल प्रहरीका ६९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ ।

मंगलबार साँझ प्रकाशित सरुवा सूची अनुसार कवित कटवालले जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुको जिम्मेवारी पाएका छन् । उनी हाल महानिरीक्षकको सचिवालयमा कार्यरत थिए ।

सोलुखुम्बुका डीएसपी टेकुनन्द इवा लिम्बुको अपराध अनुसन्धान विभाग, नक्सालमा सरुवा भएको छ ।

जिल्ला प्रहरी कार्यालय, म्याग्दीको प्रमुखमा श्यामकुमार राई सरुवा भएका छन् । महानगरीय प्रहरी वृत्त, बौद्धमा रहँदा घुससहित पक्राउ परेका राई संगठनभित्रका  विवादित अधिकृत हुन् । तर, उनलाई शक्तिकेन्द्रको दबाबमा म्याग्दीको नेतृत्व प्रहरी प्रधान कार्यालयले सुम्पिएको छ ।

डा. तपनकुमार दाहालले इलाका प्रहरी कार्यालय, लहानको जिम्मा पाएका छन् भने डिलबहादुर मल्ल जनसेवा प्रहरी वृत्तमा आएका छन् ।

सातदोबाटोमा दिनेश घिमिरे, दमकमा नवराज कार्की, रामेछापमा नवराज ढुंगाना, चिनिमाया तामाङको बैदाम (कास्की), गोविन्दराज काफ्लेको जिल्ला प्रहरी कार्यालय, ओलखढुंगा र सन्तोष आचार्यको इलाका प्रहरी कार्यालय, अनारमनीमा सरुवा भएको छ । त्यस्तै, दोलखामा भेषराज रिजालको सरूवा भएको छ ।

थप हेर्नुस् सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?