Comments Add Comment

रियल मड्रिडलाई रामोसको ‘नो’

२१ पुस, काठमाडौं । रियल मड्रिडका प्रशिक्षक कप्तान सर्जियो रामोसहसित मिडफिल्डर लुका मोड्रिच र लुकास भजक्वेज जुन ३० पछि पनि क्लबमै बसनु भन्ने चाहन्छन् ।

उनीहरुले सम्झौता नविकरण गरोस् भन्न जिदानको चाहना छ । क्रोसिएन मिडफिल्डर मोडरिचसंग त्यसको लागि सहमति समेत बनिसकेको छ तर बाँकी दुई स्पानिस खेलाडीका लागि कुनै डिल भएको छैन ।

रामोसको नविकरण सम्बन्धमा भने कति लामो नविकरण हुने भन्ने विषय मुख्य रहेको छ । ३४ वर्षीय रामोसको सन्दर्भमा एक वर्ष सम्झौता नविकरण गर्ने अफर छ । जसबवापत उनले अहिले कमाइरहेको परस सिजन १२ मिलयन युरो पाउन स्पानिस अनलाइन मार्काले जनाएको छ ।यद्यपि यस सिजन १२ प्रतिशत तलब कटौती भइरहेको छ र यसबारे पनि छलफल गर्नुपर्नेछ ।

अर्कोतर्फ लुकासको विश्वास छ कि उनलाई जति अफर गरिएको छ त्यो भन्दा बढी डिजर्भ गर्छन् । उनले पनि रामोसले जस्तै अफर अस्वीकार गरेका छन् । उनले अरु टिमसंग कुराकानी गर्न सक्छन् । पछिल्लो प्रदर्शनलाई हेर्ने हो भने लुकासले क्लब छाडे जिदानको लागि त्यो ठूलो क्षति हुनेछ ।

रामोसको बारेमा अहिले बढी चर्चा छ । पछिल्ला केही घण्टामा धेरै कुरा परिवर्तन भएको छ । अहिले रामोसले रियल मड्रिडले राखेको एक वर्षको नविकरण प्रस्ताव अस्वीकार गरेका छन् ।

अहिलेको अवस्थामा रियलले पनि यसलाई स्वीकार गरेको र आफ्नो कप्तानले अन्य ठाउको अफ र पनि सुन्ने मार्काले जनाएको छ ।

तर तिनीहरू आफ्नो स्थानबाट पछि हट्न चाहँदैनन् । उनीहरु रामोसलाई वर्ष-वर्षको आधारमा एक वर्षको सम्झौताको प्रस्ताव गर्न तयार छ । ३० वर्ष माथिका खेलाडीका लागि यो रियलको निती हो ।

फ्लोरन्टिनो पेरेजले विगत १० महिनादेखि यथार्थताको सामना गरिरहेका छन् कि अन्य क्लबका निर्देशकहरूले स्वीकार गर्न धेरै समय लिएका छन् ।

कोभिड १९ महामारीले गर्दा फुटबलमा आम्दानी घट्दो छ । जसले गर्दा खेलाडी अनुबन्ध गर्न नपाउनु तलब कटौती लागत कटौती जस्ता समस्याहरु अघि आएका छन् । जब नवीकरणको कुरा आउँछ यि विषय पनि आउँछन् ।

रियल मड्रिडका कोहीले पनि रामोसको प्रदर्शनमाथि प्रश्न गर्दैन । तर क्लबले माथि उल्लिखित नीतिहरूमा टाँसिरहने विचार राख्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment