+
+

गुल्मीमा माघ १ गतेबाट क्रिकेट प्रतियोगिता हुने

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २३ गते १२:४९

२३ पुस, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा माघ १ गतेबाट क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

पुलचोक युवा क्लबको आयोजनामा हुने प्रतियोगितामा चार टिमले सहभागिता जनाउने क्लवका अध्यक्ष नविन श्रेष्ठले जानकारी दिए ।

१२ वटै स्थानीय तहबाट खेलाडी छनोट गर्नका लागि तम्घासमा कार्यक्रम गरिएको क्लबका अध्यक्ष श्रेष्ठले बताए ।

प्रतियोगितामा प्रथम हुने टिमले ट्रफि, मेडल, प्रमाणपत्र र नगद पुरस्कार पाउने छन् भने द्वितीय हुने टिमले ट्रफि, मेडल, प्रमाणपत्र पाउने क्लवले जनाएको छ । प्रतियोगिता चार दिनसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?