+
+

वीरगञ्जमा प्रधानमन्त्रीको पुत्ला दहन

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २३ गते १९:४७

२३ पुस, वीरगञ्ज । नेकपा प्रचण्ड-माधव समूह निकट विद्यार्थीहरुले वीरगञ्जमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनमा आवद्ध विद्यार्थीहरुले संसद विघटनको विरोध गर्दै वीरगञ्जको माईस्थान चोकमा बिहीबार प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।

प्रधानमन्त्रीको पुत्ला जलाउँदै माईस्थान चोकमा प्रदर्शन गर्न निस्किएका विद्यार्थीहरुको समूहलाई प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले विद्यार्थीहरुको हातमा रहेका पुत्ला खोसेर निभाईदिएका थिए ।

प्रधानमन्त्रीले असंवैधानिक रुपमा संसद विघटन गरेर देशलाई प्रतिगमनतर्फ लैजान खोजेकोले विरोध प्रदर्शन गरिएको अनेरास्ववियुका नेता प्रभाकर गुप्ताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?