+
+
Shares

ललितपुरको च्यासलमा दिउँसै लुटपाट गरेका ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २४ गते ९:४६

२४ पुस, काठमाडौं । नुवाकोट घर भई ललितपुरको च्यासलमा बस्ने धनकुमारी ठकुरीको घरमा दिउँसै लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ परेको छ ।

पक्राउ पर्नेमा उदयपुर घर भै हाल ललितपुरको च्यासल बस्ने २६ वर्षीय भरत मगर, ताप्लेजुङको घर भइ ललितपुरको लगनखेल बस्ने २८ वर्षीया निर्मला राई, ललितपुरको भारदेब–२ घर भई हाल लगनखेल बस्ने २० वर्षीया सुस्मिता डिम्डो र ललितपुरको चापागाउँ बस्ने २९ वर्षीया लबिन लामा बल तामाङ रहेका छन् ।

यही पुस १३ गते दिउँसो करिब साढे २ बजे अन्दाजी ५७ वर्षीया धनकुमारी ठकुरीको कोठामा अपरिचित व्यक्ति प्रवेश गरी सी माला २ थान, पहेँलो पत्थर १ थान, पहेँलो टल्किने धातु १ थान र पुराना सिक्काहरु १४ थान लुटेको उजुरी परेको थियो । सोही उजुरीको आधारमा अनुसन्धान गर्दा प्रहरीले लुटिएका भनिएका सामानसहित चार जनालाई बिहीबार साँझ करिब साढे ५ बजे च्यासलबाट पक्राउ गरेको हो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?