Comments Add Comment

चिनियाँ मिडिया भन्छन्– हिंसात्मक प्रदर्शनमा अमेरिकी नेतृत्वको असफलता प्रतिबिम्बित

२४ पुस, काठमाडौं । चिनियाँ सञ्चारमाध्यमहरुले बुधबार अमेरिकाको संसद्मा भएको हिंसात्मक प्रदर्शनले अमेरिकी नेतृत्वको असफलता प्रतिबिम्बित भएको बताएका छन् । त्यसका साथै अमेरिकी समाजको गम्भीर विभाजन पनि यो प्रदर्शनले देखाएको भन्दै चीनको सरकारी सञ्चारमाध्यमहरुले सम्पादकीय लेखेका छन् ।

अमेरिकासँग चीनको तनावपूर्ण सम्बन्ध रहेको अवस्थामा चिनियाँ सञ्चारमाध्यमहरुले अमेरिकी संसद्मा बुधबार भएको घटनाको विषयलाई लिएर अमेरिकाको आलोचना गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सले बुधबारको घटना अमेरिकाको राजनीतिक प्रणालीको ‘आन्तरिक पतन’ भएको बताएको छ ।

साथै यो सहजै पुरानै अवस्थामा फर्किन नसक्ने बताउको छ । ग्लोबल टाइम्सले अमेरिकाको समाजमा देखिएको गम्भीर विभाजन र यस किसिमको विभाजन रोक्न असफल नेतृत्वको कारण बुधबारको घटना भएको निष्कर्ष निकालेको छ ।

ग्लोबल टाइम्सले यसअघि बिहीबार अमेरिकी संसद्मा भएको हिंसात्मक प्रदर्शनले अमेरिकाको प्रजातन्त्र र स्वतन्त्रता पानीको फोकाजस्तै फुटेको बताएको छ ।

अमेरिकाको संसद्को तल्लो सदनकी सभामुख नेन्सी पेलोसीले हङकङमा भएको प्रजातन्त्र पक्षधर समूहको आन्दोलनलाई ‘सुन्दर दृश्य’ भनेको दिएको अभिव्यक्तिलाई जोड्दै ग्लोबल टाइम्सले अहिले त्यस्तै सुन्दर दृश्य अमेरिकामा देखिएको भन्दै व्यंग्य गरेको छ ।

यसअघि हङकङको अन्दोलनलाई अमेरिकाले सहयोग गरेको भन्दै चिनियाँ सामाजिक सञ्जालमा पनि प्रयोगकर्ताहरुले अमेरिकाले अहिले ‘कर्मको फल’ भोगेको उल्लेख गरेका छन् ।

चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले सधैं प्रजातन्त्र र मानव अधिकारको पक्षमा वकालत गर्ने मुलुक अहिले हिंसा, लडाइँ र कफ्र्युको मुलुक बनेको टिप्पणी गरेको छ ।

त्यस्तै चाइना डेलीले राष्ट्रपति डोनाल्ड ट्रम्पको साँघुरो राष्ट्रवादको कारण यो अवस्था सिर्जना भएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment