Comments Add Comment

प्रथम प्रभातेश्वर भलिबल प्रतियाेगिता शनिबारदेखि

१६ टिमले प्रतिस्पर्धा गर्ने 

फाइल तस्वीर

२४ पुस, काठमाडौं । पहिलो संस्करणको प्रभातेश्वर पुरुष भलिबल प्रतियाेगितामा १६ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।

प्रभातेश्वर स्पाेर्ट्स क्लबकाे आयाेजनामा शनिाबरदेखि सुरु हुने प्रतियाेगिताकाे उद्घाटन खेलमा गीताञ्जली कलेज र सिटी स्पोर्टस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

शुक्रबार सार्वजनिक ‘ड्र’ अनुसार प्रतियोगितामा सहभागी १६ टिमलाई चार समूहमा विभाजन गरिएको छ । सोही अनुसार उद्घाटन खेलमा समूह बीको दुई टिम भिड्ने टुङ्गो लागेको हो ।

समूह ए मा दिप्तेश्वर गाउँपालिका, आरजी भलिबल ग्रुप, बूढानीलकण्ठ भलिबल सेन्टर र श्री शान्त सेकेन्डर स्कुल पोखरा परेका छन् । समूह बी मा फाइभ स्टार युथ क्लब, गीताञ्जली कलेज, सिटी स्पोर्टस र आरआर कलेज काठमाडौं छन् ।

यस्तै, समूह सी मा आयोजक प्रभातेश्वर स्पोर्टस क्लब, एमभीटीसी बसपार्क, देउराली युवा जागरण क्लब र मुगु रारा युथ क्लब रहेका छन् भने समूह डी मा महाकाल भलिबल क्लब चन्द्रागिरि, ढोरपाटन क्लब, केएस युवा क्लब र एमभीटीसीको बी टिम छन् ।

हरेक समूहका शीर्ष दुई टिमले नकआउट चरणमा स्थान बनाउनेछन् । प्रतियोगिताको फाइनल खेल माघ ३ गते हुनेछ ।

एनभीए कप, प्रधान सेनापति कप, ढोरपाटन कप, प्रथम प्रकाश दाहाल स्मृति कप, प्रदेश स्तरीय प्रतियोगितामा समावेश भइसकेका खेलाडी खेल्न नपाउने आयोजक प्रभातेश्वर स्पोर्टस क्लबले जनाएको छ । प्रतियोगिताका खेलहरु प्रभातेश्वर भलिबल मैदानमा हुनेछ ।

प्रतियोगिताको विजेताले १ लाख, उपविजेताले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment