Comments Add Comment

सन् १९५२ यताकै ठूलो संकुचनको संघारमा भारतको अर्थतन्त्र

२४ पुस, काठमाडौं । भारतीय अर्थतन्त्र सन् १९५२ यताकै ठूलो आर्थिक संकुचनको संघारमा देखिएको छ । भारतको तथ्यांक मन्त्रालयले आगामी मार्च महिनामा सकिने आर्थिक वर्षमा भारतको अर्थतन्त्रमा सात दशमलव ७ प्रतिशत संकुचन आउने प्रक्षेपण गरेको छ ।

यसअघि भारतको केन्द्रीय बैंकले यो आर्थिक वर्षमा सात दशमलव ५ प्रतिशत संकुचन देखिने प्रक्षेपण गरेको थियो । कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रणका लागि लगाइएको लकडाउनको असर भारतको अर्थतन्त्रमा देखिएको हो ।

गत आर्थिक वर्षमा भारतको अर्थतन्त्र ४.२ प्रतिशतले बढेको थियो ।

भारतले कोरोना नियन्त्रणका लागि लामो समयसम्म निकै कडा लकडाउन गरेको थियो । यद्यपि आगामी आर्थिक वर्षमा भने भारतले महत्वपूर्ण सफलता हासिल गर्ने अर्थविद्हरुले बताएका छन् । भारतमा कोरोनाविरुद्धको खोपलाई अनुमति दिइसकेको कारण आगामी अप्रिलसम्म जनजीवन सामान्य अवस्थामा फर्किने र अर्थतन्त्र पनि लयमा आउने उनीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment