+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

पल्सर स्पाेर्ट्स अवार्डलाई केल्मीकाे साथ

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २४ गते १४:५०

२४ पुस, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आयाेजना गर्ने १७ औं संस्करणको पल्सर स्पोर्टस अवार्ड २०७६ का लागि नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ)ले केल्मी नेपालसँग प्रायोजन सम्झौता गरेको छ ।

आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार केल्मीसँग पल्सर स्पोर्टस अवार्डको सह-प्रायोजनको सम्झौता गरेको हो ।

मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी र केल्मी नेपालका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरे।

अवार्डको सह–प्रायोजक बापत केल्मी नेपालले एक सय थान विन ज्याकेट, एक सय थान पोलो टी–सर्ट र ३५ (पैतिस) सेट गिफ्ट ह्याम्परमा कार्यक्रमको लोगो प्रिन्टसहित उपलब्ध गराउने छ ।
सम्झौता पत्रमा हस्ताक्षर गर्दै केल्मीका प्रबन्ध निर्देशक न्यौपानेले कोभिडको कठिन अवस्थामा अवार्ड कार्यक्रमलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले साग खेलकुदमा खेलाडीले प्राप्त गरेको गौरवमय उपलब्धिलाई सम्मान गर्न समेत अवार्ड कार्यक्रमसँग जोडिएको उल्लेख गरे ।

मञ्चका अध्यक्ष सुवेदीले विषम परिस्थितीमा समेत केल्मी नेपालले अवार्डको प्रायोजन रकममा वृद्धि गरेकोमा धन्यवाद दिए ।

घरेलु खेलकुदको प्रतिष्ठित पल्सर स्पोर्टस अवार्ड यस वर्ष पुस २८ गते सेमिभर्चुअल रुपमा आयोजना हुँदैछ ।

अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिसँग प्रायोजन सम्झौता नवीकरण गरेको आयोजक मञ्चले सह–प्रायोजनको रुपमा सूर्य नेपाल प्रालि, रुस्लान, टर्किस एयरलाइन्स, रोयल सिंगी होटल, होटल क्राउन प्लाजा, इमेजिङसँग सहकार्य रहेको छ ।

अवार्डलाई युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटीको समेत सहयोग रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?