+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

जेसीबीको सहज फाइनान्सिङको लागि एमएडब्लु र मेगा बैंकबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २४ गते १७:०६

नेपालका लागि जेसीबी ब्रान्डका निर्माण तथा हेभी उपकरणहरुको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रा. लि.ले आफ्ना ग्राहकलाई सहज फाइनान्सिङको सुविधा दिन शुक्रबार मेगा बैंक लिमिटेडसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

जेसीबी इन्डिया लिमिटेडका कन्ट्रि हेड विरेन्दर भारद्वाजको उपस्थितिमा भएको समारोहमा एमएडब्लु अर्थमुभर्सका तर्फबाट अध्यक्ष विष्णु कुमार अग्रवाल र मेगा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेलीले सम्झौता पत्रमा हस्ताक्षर गरेे । योसँगै देशभरिका जेसीबीका ग्राहकले आफ्नो आर्थिक समाधानका लागि मेगा बैंकले विशेष सुविधा उपभोग गर्न पाउनुहुनेछ ।

‘आजको सहमतिपछि दुवै संस्थाले ग्राहकको हितलाई ध्यानमा राखेर देशभर फैलिएका आफ्ना शाखाहरुमार्फत सेवा प्रदान गर्नेछौं,’ एमएडब्लु अर्थमुभर्सका अध्यक्ष विष्णुकुमार अग्रवालले भने, ‘यो साझेदारीपछि ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरेर उहाँहरुलाई सन्तुष्ट बनाउने साझा लक्ष्य हासिल गर्न हामी सक्षम हुनेमा विश्वस्त छु । जेसीबी नेपालकै सबैभन्दा विश्वासिलो निर्माण तथा हेभि उपकरण ब्रान्ड हो जसका कारण हाम्रो बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ । र यसमा हामी गर्व गर्छौं ।’

त्यसैगरी, नेपालका लागि जेसीबी इन्डिया लिमिटेडका कन्टि्र हेड विरेन्दर भारद्वाजले एमएडब्लु अर्थमुभर्स जेसीबीको सर्वोत्कृष्ट डिलरमध्ये पर्ने बताउनु भयो । ‘नेपाली बजारको मागलाई ध्यानमा राखेर सहज र शक्तिशाली मेसिनहरु र विक्रीपछिको सेवा उपलब्ध गराएकै कारणले एमएडब्लु अर्थमुभर्स उत्कृष्ट डिलर बन्न सफल भएको हो,’ उनले भने, ‘नेपाल सडक, हाइड्रो, सिमेन्ट र खानीमा ठूलो सम्भावना भएको विकासशिल मुलुक हो । अहिले यहाँ पूर्वाधार विकासको कार्य तीव्र गतिमा अघि बढिरहेको छ ।’

‘हामीलाई विश्वास छ, देश विकासमा एमएडब्लु अर्थमुभर्सले साझेदारीको भूमिका निर्वाह गर्ने छ किनभने गुणस्तरीय पूर्वाधार विकासका लागि सोही अनुरुपको गुणस्तरीय मेसिनहरुको आवश्यकता पर्छ जुन जेसीबी उपलब्ध गराउँदै आएको छ,’ उनले अगाडि भने, ‘निर्माण तथा हेभि उपकरण व्यापारमा रिटेल फाइनान्सिङको महत्व धेरै हुन्छ । मलाई विश्वास छ मेगा बैंकसँगको नयाँ साझेदारीले देशको विभिन्न भागमा रहेका जेसीबीका ग्राहकलाई गुणस्तरीय सेवा एमएडब्लु सक्षम हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?