+
+
Shares

हिटलरलाई पनि संसारले सम्झिरहेको छ : सांसद रायमाझी

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २४ गते १८:१९

२४ पुस, काठमाडौं । राष्ट्रियसभाका सांसद रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली राम्रो कामका लागि नभई नराम्रा कामका लागि इतिहासमा अविस्मरणीय रहने भएका छन् ।

शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद रायमाझीले तानाशाहहरूलाई विश्वले नबिर्सने बताएका हुन् । ‘हिजो मात्रै एक जना माननीयज्यूले केपी ओलीलाई इतिहासले सम्झिरहनेछ भन्नुभएछ । हो, इतिहासले राम्रो काम गर्नेलाई पनि सम्झिन्छ, नराम्रो काम गर्नेलाई पनि सम्झिन्छ,’ उनले बैठकमा भने, ‘तानाशाहलाई झन् सम्झिन्छ, हिटलरलाई आज संसारले सम्झिन्छ ।’

सांसद खिमलाल भट्टराईले बिहीबार प्रधानमन्त्री ओलीले गरेका राम्रो कामका लागि नेपालीहरूले युगयुगसम्म सम्झिरहने बताएका थिए ।

प्रधानमन्त्रीले गरेको संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको सांसद रायमाझीको भनाइ छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?