Comments Add Comment

राजदूत आचार्यद्वारा सेरमका महाप्रवन्धकसँग कोभिड-१९ को खोपबारे छलफल

फाइल तस्वीर

२५ पुस, काठमाडौं । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतमा कोभिड-१९ को खोप उत्पादन गरिरहेको सेरम इस्टिच्युटका महाप्रवन्धक प्रसेन अद्यासँग कुराकानी गरेका छन् ।

कुराकानीको क्रममा सेरमले उत्पादन गरेको कोभिशिल्ड भ्याक्सिन नेपाललका लागि उपलब्ध गराउने विषयमा कुराकानी गरेको दिल्लीस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।
भेटमा नेपालले सो कम्पनीले उत्पादन गरेको खोप किन्ने सम्बन्धमा छलफल भएको थियो ।

नेपालले भारतलाई खोप किन्नको लागि सहजीकरण गर्न आग्रह गरिरहेको छ । नेपालले भने सिधै कम्पनी भन्दा पनि सरकार—सरकारविच अर्थात जि टु जी प्रक्रिया मार्फत खोप किन्न चाहेको छ ।

तीन दिन पहिला भारतको अर्काे खोप उत्पादक बायोटेकका कार्यकारी निर्देशक कृष्ण मोहनसँग पनि आचार्यले कुराकानी गरेका थिए ।

खोप उत्पादन गर्ने कम्पनीहरुसँग कुराकानी भए पनि भारत सरकार भने अहिलेसम्म यस विषयमा मौन छ । शुक्रबार भारतीय विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अनुराग श्रीवास्तवले कुनै ठोस जवाफ दिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment