Comments Add Comment

अनौठो रुख, जसलाई काट्दा रगत निस्किन्छ

काठमाडौं । जीवजन्तुको शरीरमा चोट लाग्दा रगत निस्किन्छ । रगतमा हेमोग्लोबिन नामक तत्व हुने हुनाले धेरै जिवजन्तुको शरीरबाट रातो रगत निस्किन्छ ।

तर यो दुनियामा एउटा यस्तो वनस्पती छ जसलाई काट्दा मानिसको शरीरबाट निस्किने झैँ रातो ‘रगत’ निस्किन्छ ।

यो रहस्यमय तथा चमत्कारी वनस्पती दक्षिण अफ्रिका, मोजाम्बिक, नामिबिया, तान्जानिया तथा जिम्बाबे लगायतका देशमा पाइन्छ । यो रुखको नाम नै ब्लड उड ट्री अर्थात् रक्तकाष्ठ वनस्पती हो ।

साथै स्थानीय स्तरमा यसलाई किआट मुकवा तथा मुनिंगाको नामबाट पनि चिनिन्छ । यो वनस्पतीको वैज्ञानिक नाम सेरोकारपस एंगोलेनसिस हो ।

यो रुखको काण्डलाई काट्दा मात्र होइन यसको हाँगा भाँचिदा समेत रगत जस्तै गहिरो रातो तरल पदार्थ निस्किन्छ ।

यो वनस्पती वयस्क अवस्थामा १८ मिटर सम्म अग्लो हुन्छ । यसका पातहरु निकै घना हुनुका साथै छाता आकारमा रहेका हुन्छन् । यसमा पहेँलो फूल फुल्दछ । यो रुखको काठलाई निकै महंगा फर्निचर बनाउन प्रयोग गरिन्छ । किनकी यसको काठ सजिलैसँग मोड्न सकिन्छ भने धेरै पसांगिने समस्या पनि हुँदैन ।

–एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment