Comments Add Comment

टाटा मोटर्सद्वारा नयाँ कम्प्याक्ट ट्रक ‘इन्ट्रा भि २०’ सार्वजनिक

टाटा मोटर्सले नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नयाँ कम्प्याक्ट ट्रक इन्ट्रा भी२० सार्वजनिक गरेको छ। टाटा मोटर्सको प्रिमियम टफ डिजाइन सिद्धान्तमा बनेको यो ट्रकले सुरक्षित र आरामदायी यात्रा अनुभव गराउने कम्पनीको भनाइ छ।

टाटा इन्ट्राको सुरुवाती मूल्य १९ लाख ७५ हजार रुपैयाँ कायम गरिएको छ। यो कम्प्याक्ट ट्रकलाई नेपालभरका सिप्रदीका सेल्स, सर्भिस र स्पेयर पार्टस्को बृहत्तर सञ्जालले पूर्ण साथ, सहयोग गर्नेछन्।

यसको आधुनिक डिजाइनका साथ बनेको क्याबिनभित्र ओहोर दोहोर गर्न सजिलो हुने थप ठाउँ रहेको छ। सुविधा सम्पन्न आरामदायी सिटहरु र आधुनिक डिजिटल क्लस्टर पनि रहेको छ। यसकासाथै ड्यासबोर्डमा माउन्ट भएको गियर लिभरले लामो समयको यात्रामा पनि सजिलो एंव थकानमुक्त महसुस गराउने कम्पनीको छ।

यसको भरपर्दाे एंव विश्वसनीय इन्जिन, गियर बक्स, क्राउनर च्यासिसको सम्योजनले समस्टिमा न्यून मर्मत खर्च गराउँछ र योजस्तै गाडीहरुको श्रेणीमा यसलाई उत्कृष्ट रोजाइको गाडी बनाउँछ। ठूलो लोड बडी, ११ सय केजीको अधिकतम भार बहन क्षमता, सर्वोत्कृष्ट माइलेज र मजबुत इन्जिन, गियर बक्स, क्राउन र च्यासिस भएको यो कम्प्याक्ट ट्रक, न्यून सञ्चालन खर्चमा सवारी धनीलाई अधिकतम मुनाफा हुनेगरी निर्माण गरिएको कम्पनीको भनाइ छ।

यसमा अतिसाँघुरो गल्लीमा पनि सजिलै मोड्न मिल्ने ४.७५ मिटरको ‘टर्निङ रेडियस’ छ। यसमा भएको केवलसिफ्ट मेकानिज्म र ५–स्पीड गेयर बक्सले सहज एवं भन्झटमुक्त यात्रा सुनिश्चित गर्ने टाटाको दाबी छ।

टाटा इन्ट्रा भि२० मा १.४ लिटर क्षमताको डिजल इन्जिन रहेको छ, जसले ७० बिएचपी र १४० एनएमको टर्क पैदा गर्छ। उच्चतम इन्धन बचत गर्न सहयोग पुर्‍याउन गीयर सिफ्ट एडभाइजर छ।

टाटा इन्ट्रामा अधिकतम ग्राउण्ड क्लियरेन्स र ४५ प्रतिशतको गे्रडेबिलिटि हुनाले नेपालको विद्यमान अवस्थाका सडकहरुको लागि उपयुक्त गाडी हुनेछ।

टाटा मोटर्सको इन्टरनेसनल बिजनेस, कमर्सियल भेहिकल्स विजनेस युनिटका उपाध्यक्ष रुद्ररुप मैत्राले टाटा इन्ट्रा भि२० ले साना व्यवसायिक गाडीहरुको क्षेत्रमा आफ्नै किसिमको शक्तिशाली र लचिलो मोडल ल्याएको बताए। यो अधिकतम प्रतिफल दिने, न्यूनतम मर्मत खर्च लाग्ने तथा आधुनिक एवं सुविधासम्पन्न क्याबिन चाहने ग्राहकहरुका लागि उपयुक्त गाडी भएको उनको भनाइ छ।

सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबराले टाटा मोटर्ससँगको हाम्रो सहकार्यले बितेका केही दशकमा बजारमा सर्वश्रेष्ठ सवारीसाधनहरु सफलतापूर्वक उपलब्ध गराउन सक्षम बनाउँदै आएको उल्लेख गरे। टाटा इन्ट्रा भी२० को यो बिक्री सुरुवातले ग्राहकहरुलाई उत्कृष्ट कार्यक्षमता, किफायती र उच्चतम प्रभावकारीता दिने गाडीहरु उपलब्ध गराउने सिप्रदीको प्रतिबद्धतालाई निरन्तरता दिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment