+

पारस र ज्ञानेन्द्रसहित १० खेलाडी पीएसएलको ड्राफ्टमा

२०७७ पुष  २५ गते २०:०६ २०७७ पुष २५ गते २०:०६
पारस र ज्ञानेन्द्रसहित १० खेलाडी पीएसएलको ड्राफ्टमा

काठमाडौं । नेपाली राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल र निवर्तमान कप्तान पारस खड्कासहित १० नेपाली खेलाडी पाकिस्तान सुपर लिग (पीएसएल) २०२१ का लागि ड्राफ्टमा समावेश भएका छन् ।

पाकिस्तान क्रिकेट बोर्डले छैटौं संस्करणको लिगका लागि शनिबार ड्राफ्टमा सहभागी खेलाडीको नाम सार्वजनिक गर्दा नेपालबाट कूल १० खेलाडी परेका छन् ।

नेपाली लेगस्पीनर सन्दीप लामिछाने यसअघि नै प्लाटिनम क्याटेगोरीको ड्राफ्टमा परिसकेका छन् । शनिबार थप ९ नेपाली खेलाडी सिल्भर क्याटेगोरीको ड्राफ्टमा परेका हुन् ।

पीएसएलको ड्राफ्टमा सिल्भर क्याटेगोरीमा नेपाली टिमका कप्तान ज्ञानेन्द्र र अलराउण्डर पारसहसित कप्तान दीपेन्द्रसिंह ऐरी, करण केसी, कुशल मल्ल, अभिनाष बोहोरा, पवन सरार्फ, सुवास खकुरेल र आसिफ शेख छन् । २० देबाट ४०० खेलाडीले ड्राफ्टमा नाम दर्ता गरेको आयोजकले जनाएको छ ।

यस सिजनको पिएसएलको ड्राफ्ट जनवरी १० मा लाहोरमा हुँदैछ । ड्राफ्टबाट हरेक टोलीले कम्तीमा १६ र बढीमा १८ खेलाडी अनुबन्ध गर्न पाउने छन् ।

ड्राफ्टअघि हरेक फ्रेन्चाइजले बढी ८ जनासम्म खेलाडी रिटेन वा खरिद गर्न पाउनेछन् । पेशावर जाल्मीले ५ खेलाडी मात्र रिटेन गर्दा अन्य ५ टोलीले समान ८ खेलाडी रिटेन गरिसकेका छन् ।

पीएसएल २०२१ फेब्रुअरी २० देखि २२ मार्च सम्म लाहोर र कराँचीमा हुने छ ।

पीएसएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय