Comments Add Comment

बीबी वारियर्सले जित्यो कोहलपुर ओपन क्रिकेटको उपाधि

नेपालगञ्ज । बीबी वारियर्स, नेपालगञ्जले कोहलपुर ओपन क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

शारदा एजुकेशन पार्कको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा बिबी वारियर्सले आयोजक टिम कोहलपुर क्रिकेट एकेडेमीलाई ४ विकेटले पराजित गरेको हो । च्याम्पियन बीबी वारियर्सले उपाधिसहित नगद ५० हजार प्राप्त गर्यो भने उपविजेता कोहलपुरले २५ हजारमा चत्त बुझायो ।

प्रस्तावित कोहलपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कोहलपुरले दिएको ९४ रनको लक्ष्य बीबी वारियर्सले १५.३ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । उसका लागि अमरसिंह रौटेलाले सर्वाधिक २९ रन बनाए । सुनिल भण्डारीले २६ रन तथा विजय चौधरीले १३ रन बनाए ।

कोहलपुरका रुपेश कुर्मीले २ विकेट तथा अजय शहानी, रोशन शाह, लभकुश यादव र सुरज दासले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोहलपुर क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९३ रन बनाएको थियो । उसको लागि सन्दिप नेपालीले अविजित ३१ रन बनाए भने बहादुर ओलीले १४ र रमेश सिंहले १० रन जोडे ।

उसलाइ सस्तैमा समेट्ने क्रममा बीबी वारियर्सका लागि बलिङमा बिशाल पौडेलले सर्वाधिक ३ विकेट लिए भने सिद्धान्त राज शाही, अमरसिंह रौटेला र आकाश बिस्टले समान २ विकेट लिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी बीबी वारियर्सका कप्तान सिद्धान्त राज शाही चुनिँदा उत्कृस्ट बलर आकाश बिस्ट तथा उत्कृष्ट ब्याट्सम्यान शुबेन्दु पाण्डे बने । प्लेयर अफ द म्याच बीबी वारियर्सका अमरसिंह रौटेला बने ।

पुष २० गते देखि सुरु भएको प्रतियोगितामा देशभरका १६ टोलीको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment