Comments Add Comment

राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजै अन्त्य हुने

२६ पुस, काठमाडौं । राष्ट्रिय सभाको सातौं अधिवेशन आजै अन्त्य गर्ने तयारी सरकारले गरेको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि अधिवेशन अन्त्य गर्ने तयारी सरकारले गरेको हो ।

प्रधानमन्त्री निवासमा आजै बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको स्रोतले जनाएको छ । अधिवेशन अन्त्यका लागि मन्त्रिपरिषद्ले राष्ट्रपतिसमक्ष सिफारिस पनि पठाइसकेको एक मन्त्रीले जानकारी दिए ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले आज बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा राष्ट्रियसभा बैठक आजै अन्त्य हुनेबारे जानकारी गराएका थिए ।

नेपाली कांग्रेसका सांसद प्रकाश पन्थका अनुसार राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनाले राष्ट्रपति कार्यालयबाट पत्र आउने तयारीबारे बैठकमा जानकारी दिएको बताए । पन्थका अनुसार पत्र आए पुस १७ गतेदेखि सुरु भएको राष्ट्रियसभा अधिवेशन आजै अन्त्य हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment