Comments Add Comment

भायानेटमा अनधिकृत पहुँच पुर्याउने किशोर पक्राउ

२६ पुस, काठमाडौं । भायानेट कम्युनिकेसन प्राइभेट लिमिटेडको विद्युतीय संयन्त्रमा अनधिकृत पहुँच राखी सामाजिक सन्जालमा लेख्ने एक किशोरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ बस्ने करिब १७/१८ वर्षका किशोरलाई सोमबार बुटवलबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले ती किशोरले ‘नरपिचास’ नामबाट भायानेटको विद्युतीय संयन्त्रमा पहुँच राखी डाटा ब्रिच गरी ट्वीटर ह्यान्डल लगायत फेसबुक, इन्स्टाग्रामसमेतको माध्यमबाट स्क्रिप्ट सार्वजनिक गरेका थिए ।

उनले विद्युतीय कारोबार ऐन २०६३ को परिच्छेद ९ बमोजिमको कसुर गरेको भन्दै जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिइएको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय रुपन्देही, इलाका प्रहरी कार्यालय बुटवलसमेतको सहयोगमा पक्राउ गरिएको साइबर व्यूरोका प्रवक्ता एवम् प्रहरी बरिष्ठ उपरीक्षक नबिन्द्र अर्यालले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment