+
+

प्रधानमन्त्री र मन्त्रीलाई बहिस्कार गरौं : झाँक्री

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २६ गते १७:३६

२६ पुस, विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीले प्रतिगमनकारी सरकारमा रहेका मन्त्री र प्रधानमन्त्रीलाई बहिस्कार गर्नुपर्ने बताएकी छन् ।

अखिलको जिल्लास्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्दोलनलाई सशक्त बनाउन मन्त्री र प्रधानमन्त्रीलाई बहिस्कार गर्नुपर्ने बताएकी हुन् ।

पार्टी विभानजनपछि पनि चुनाव चिह्नको विषयमा विवाद गर्दै बसेको बताउँदै उनले नेताहरुको आलोचना गरिन् । ‘तपाईंलाई झण्डा आएर, चिह्न आएन भने के गर्नुहुन्छ ? त्यसैमा सति जानुहुन्छ ? तपाईंले बन्द गरेको पार्टी कार्यालयमा अरुले भोटो ताल्चा लगायो भने राजनीति छोड्नु हुन्छ की राजनीति बचाउनु हुन्छ ?’ उनले भनिन्, ‘तपाईंको राजनीति बच्यो भने झण्डा, ब्यानर, आन्दोलन, इतिहास स्थापित गर्ने हामीले होइन् ? ढुङ्गामा चिह्न खोपेर ल्याएर आन्दोलन स्थापित गरेको हो र ?’

पार्टीको आन्दोलनमा डरलाग्दो अवसरवाद विकास भएको बताउँदै उनले प्रतिगमनविरुद्ध कडा संघर्ष गर्नुपर्ने बताइन् । केपी शर्मा ओलीले पूर्वएमाले एक ठाउँमा हुने भन्दै आन्दोलनलाई बिसर्जन गर्न खोजेको उनले आरोप लगाइन् । ओली सधैं छलछाममा गरेर अघि बढेको बताउँदै उनले छलछाम गर्नेको पछि नलाग्न अपिल गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?