
२६ पुस, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनलाइनखबरकर्मी नविन ढुंगानालाई सम्मान गरेको छ । महासंघको सातौं र आठौं साधारणसभा तथा तेस्रो महाधिवेशनका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले ढुंगानालाई सम्मानपत्र प्रदान गरे ।
नेपालको कला, संस्कृति र आर्थिक पक्षसँग सम्बन्धित सुनचाँदी व्यवसायको विकासमा पत्रकारिताका माध्यमबाट पु¥याएको योगदान स्वरुप सम्मान गरिएको महासंघले जनाएको छ । कार्यक्रममा ढुंगानासहित सञ्चारकर्मी राजु चौधरी र नारायणी लामिछाने समेत सम्मानित भएका हुन् ।
महासंघले अनलाइन, छापा र टेलिभिजन पत्रकारबाट उनीहरुलाई सम्मान गरेको हो । सो अवसरमा महासंघले पूर्वअध्यक्ष तेजरत्न शाक्यलाई समेत व्यवसायमा गरेको योगदान स्वरुप सम्मान गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4