
२७ पुस, कैलाली । माघीको अवसरमा कैलालीको कैलारी गाउँपालिकाले तीन दिन बिदा दिने निर्णय गरेको छ ।
गाउँपालिकाको हिउँदे अधिवेशनले माघी पर्व मनाउनका लागि पुस २९, माघ १ र २ गते बिदा दिने निर्णय गरेको गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी सत्गौवाले जानकारी दिइन् । थारु समुदायमा माघी पर्वलाई उल्लासका साथ मनाउने गरिन्छ ।
थारु बाहुल्यता रहेकाले गाउँपालिकामा तीन दिन बिदा दिने निर्णय भएको उनले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4